site stats
बाह्रखरी :: Baahrakhari
विदेश
खामेनीले भने– फेरि आक्रमण भयो भने ठूलो मूल्य चुकाउनुपर्नेछ

काठमाडौं । अमेरिकाले इरान र इजरायलबीच युद्धविरामको घोषणा गरेपछि इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले बिहीबार आफ्नो पहिलो भिडियो सन्देश जारी गरेका छन् ।

खामेनीले स्पष्ट रूपमा भनेका छन्, "यदि इरानमाथि आक्रमण भयो भने शत्रु र आक्रमणकारीले निश्चित रूपमा ठूलो मूल्य चुकाउनुपर्नेछ ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले यस क्षेत्रमा रहेका अमेरिकी अड्डाहरूमा थप आक्रमण गर्ने धम्की पनि दिएका छन् ।

खामेनीले भने, "ट्रम्पले इरानको आत्मसमर्पणको बारेमा कुरा गरे तर यो 'सानो मुख ठूलो कुरा' जस्तै हो ।"

इरान र इजरायलबीचको १२ दिने युद्ध समाप्त भएको दुई दिनपछि खामेनीको यो टिप्पणी आएको हो ।

इरानको स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली आक्रमणमा कम्तीमा ६२७ नागरिकको मृत्यु भएको छ । एएफपी समाचार एजेन्सीको रिपोर्टअनुसार इजरायलमा इरानी आक्रमणमा २८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  २०:४७
प्रतिक्रिया दिनुहोस्