देश

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले नतिजा प्रकाशनको अन्तिम तयारी पूरा भएको जानकारी दिए ।
“एसईई नतिजाको अन्तिम तयारी पूरा भएको छ । साढे १२ बजे बोर्ड बैठक बोलाइएको थियो । अबको केही बेरमा बोर्ड बैठक बस्दै छ,” अर्यालले बाह्रखरीसित भने, “एसईईको नतिजाबारे बैठकले निर्णय गर्नेछ ।”
नतिजा प्रकाशनका लागि बोर्ड बैठकबाट निर्णय गर्नुपर्छ ।
प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२ १३:२२
प्रतिक्रिया दिनुहोस्