site stats
बाह्रखरी :: Baahrakhari
देश
बालिकाको सामूहिक बलात्कारपछि हत्या गरेको आरोप लागेका पाँचजना सार्वजनिक

काठमाडौं । सिन्धुपाल्चोकमा एक ११ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका पाँच जनालाई सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार, भोटेकोसी गाउँपालिका–५, कोलगाउँकी एक बालिकालाई पाँच युवाको समूहले गत मंगलबार (असार १० गते) बलात्कार गरेर हत्या गरेको थियो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पक्राउ पर्नेमा भोटेकोसी गाउँपालिकाकै २२ वर्षीय लाक्पापासाङ तामाङ, २१ वर्षीय निमातेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा र २० वर्षीय दावा तामाङ छन् ।

उनीहरूमाथि अदालतबाट सात दिनको अनुमति लिएर प्रहरीले अनुसन्धान थालिसकेको छ ।

प्रहरीका अनुसार, असार १० गते राति साढे १० बजेतिर घरबाट करिब ४०० मिटर पर जंगलमा पुर्‍याएर बालिकाको बलात्कारपछि हत्या गरेको खुलेको छ ।

बालिकाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १५:५३
प्रतिक्रिया दिनुहोस्