
काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति भएका गौरवकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । शुक्रबार सैनिक मुख्यालय जंगी अड्डामा आयोजित एक समारोहमा प्रधानसेनापतिले केसीलाई उपरथी पदको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
यही असार ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले सहायक रथी केसीलाई उपरथीमा पदोन्नति गर्ने निर्णय गरेको थियो ।
“पदोन्नतिसँगै उपरथी केसी पूर्वी पृतना हे.क्वा.को पृतनापतिमा नियुक्त हुनु भएको छ,” नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
दर्ज्यानी चिह्न प्रदान समारोहमा नेपाली सेनाका बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका रथीका परिवारजनको उपस्थिति थियो ।