
काठमाडौं । नेपालमा हुन्डाई सवारी साधनको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले धनगढी क्षेत्रमा नयाँ क्रेटा इभी सार्वजनिक गरेको छ । कम्पनीले उक्त्त क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रममा सफलतापूर्वक सम्पन्न गरेको हो । यस कार्यक्रममा अहिलेसम्मकै ब्यापक सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त भएको छ। ग्राहक वर्गलाई प्रदान गर्दै आएको उच्च गुणस्तरीय सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभर फैलिएको व्यापक नेटवर्कका कारण हुन्डाई नेपालले सम्पूर्ण उपभोक्ताहरूको मन जित्दै आफूलाई नेपालको उत्कृष्ट अटो ब्रान्डको रुपमा स्थापित गरिसकेको छ ।
कम्पनीकाअनुसार, नयाँ क्रेटा इभीको आगमनले विद्युतीय सवारी बारे दुविधा भएका ग्राहकहरूलाई स्पष्ट निर्णय लिन सजिलो बनाउनेछ।
अहिले कम्पनीको उच्च व्यवस्थापन टोली देशका विभिन्न सहरमा डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेका छन् । सोही अभियानअन्तर्गत कम्पनीले ११ असारमा दिनेश फोर हुईल्स् प्रा.लि (हुन्डाईको आधिकारिक डिलर) को आयोजनामा होटल फ्लोरा, छटकपुर, धनगढीमा आयोजित विशेष भेटघाट कार्यक्रममा नयाँ क्रेटा इभी सार्वजनिक गरेको हो, जहाँ क्रेटा इभी सहित हुन्डाईका अरु नयाँ मोडलहरू पनि प्रदर्शन गरिएका थिए ।
यस कार्यक्रममा ग्राहक वर्गको हुन्डाईप्रति उत्साहजनक क्रेज र विश्वास देखिएको कम्पनीको दावी छ । प्रतिक्रिया र सहभागिता उल्लेखनीय रुपमा रह्यो। कम्पनीका प्रतिनिधिहरूले कार्यक्रमका सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै हुन्डाई गाडी सम्बन्धी विस्तृत जानकारी र आवश्यक सहयोग प्रदान गरेका थिए।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. अन्तरगत दिनेश फोर हुईल्स् प्रा.लि धनगढीको संयुक्त आयोजनामा गरिएको हो छ ।