site stats
बाह्रखरी :: Baahrakhari
देश
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, बाह्रखरीबाट नतिजा हेर्न सकिने
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने तयारी गरेकाे छ । शुक्रबार साँझ बोर्डले नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । 

नतिजा प्रकाशित गर्नुपूर्व बोर्डको बैठक बसिएको छ । प्रकाशित हुने नतिजा बाह्रखरी डट कममा पनि हेर्न सकिनेछ । बाह्रखरीले see.12khari.com मा गएर एसईई नतिजा हेर्न सकिने व्यवस्था मिलाएको छ । 

०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । नियमिततर्फ चार लाख ३१ हजार ४६६ र ग्रेड वृद्धिका लागि ६७ हजार ७१५ विद्यार्थीले परीक्षा दिएका थिए ।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १९:३७
प्रतिक्रिया दिनुहोस्