देश

वीरगञ्ज (पर्सा) । पर्सामा ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।
वीरगञ्ज महानगर–२८, बगहीबाट इनर्वातर्फ जाँदै गरेको ना५त ९९४१ नम्बरको ट्याक्टर शुक्रबार दिउँसो १:३० बजे भेडाहा खोलामा पल्टिँदा दुईजनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्टले जानकारी दिए ।
मृत्यु हुनेमा वीरगञ्ज महानगर–२८, बगहीका शिवु पटेल (राउत) र सोही ठाउँका आकाश पटेल (राउत) रहेका छन् । सोही ठाउँका जयकुमार पटेल भने घाइते भएका छन् । मृत्यु भएका दुवैजनाको शव परीक्षणका लागि नारायणी अस्पताल वीरगञ्जमा ल्याइएको छ । रासस
प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२ १९:११
प्रतिक्रिया दिनुहोस्