-1749797966.jpg)
काठमाडौं । मनसुन थप सक्रिय हुँदा तीन दिन भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै शनिबार (असार १४ गते) साँझदेखि सोमबार बिहानसम्म भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
कर्णाली प्रदेशको पहाडी भू–भाग, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराईका भू–भागका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै, अन्य प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा समेत भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
“बंगालको खाडी तथा अरबको सागरबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको साथै त्यस क्षेत्रहरूमा न्यून चापीय प्रणालीको प्रभावको कारण २०८२ असार १४ गते शनिबार साँझदेखि २०८२ असार १६ सोमबार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भू–भाग, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराईका भू–भागका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै अन्य प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा समेत भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ,” महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।