site stats
बाह्रखरी :: Baahrakhari
देश
ठेकेदार मनोजकुमार भेटवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरमा ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई पक्राउ गरेको हो । 

राजकुमार बरालको जाहेरीका आधारमा भेटवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भेटवाललाई अनुसन्धानको सिलसिलामा १३ गते काठमाडौं महानगरपालिका २९ बाट पक्राउ गररिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । 

भेटवालविरूद्ध तीन करोडको बैंकिङ कसुरसम्बन्धी मुद्दा परेको छ ।

भेटवालको जलेश्वर स्वेछन्द विक्वोइ विल्डर्स कम्पनीले पुरानो बसपार्कमा भ्यु टावर बनाउने ठेक्का पाएको थियो ।

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  ०८:२२
प्रतिक्रिया दिनुहोस्