site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री ओलीद्वारा स्पेन भ्रमणबारे सदनलाई जानकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे सदनलाई जानकारी गराएका छन् ।  

प्रतिनिधिसभाको शनिबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमणबारे सदनलाई जानकारी गराएका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शनिबार साँझ संयुक्त राष्ट्रसंघको विकासको लागि वित्त चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन भ्रमणमा जान लागेको उनले बताए । 

असार १४ गते साँझ ६ बजे कतार एयरवेजको जहाजबाट दोहा हुँदै यात्रा सुरु हुने उनले जानकारी दिए । उनी असार १५ गते स्पेन पुग्नेछन् । 

भ्रमण टोलीमा २१ जना सहभागी हुने उनले बताए । भ्रमणको दोस्रो दिन सेभिया पुग्ने र नागरिक समाजले आयोजना गरेको कार्यक्रममा सहभागी हुने ओलीले जानकारी दिए । 

स्पेनका प्रधानमन्त्रीसँग साँझ भेट गर्ने कार्यक्रम रहेको छ । स्पेनका नरेशद्वारा स्वागत गरिने कार्यक्रममा पनि सहभागी हुने उनले जानकारी दिए । —न्युज एजेन्सी नेपाल
 

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १२:३९
प्रतिक्रिया दिनुहोस्