राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पनि सदनमा विरोध गर्ने भएको छ । आज बिहान बसेको रास्वपाको ससंदीय दलको बैठकले सदनमा विरोध जारी राख्ने निर्णय गरेको हो ।
“आज पनि विरोधको कार्यक्रम यथावत राख्ने निर्णय भएको छ,” रास्वपा संसदीय दलका मुख्य सचेतक सन्तोष परियारले भने, “प्रधानमन्त्री बोल्दा पनि हाम्रो विरोध कार्यक्रम यथावत रहनेछ ।”
आज बस्ने प्रतिनिधिसभाको बैठकलाई भोलिबाट आफूले सुरु गर्ने स्पेन भ्रमणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी गराउने कार्यक्रम छ ।
संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आज स्पेन भ्रमणमा जाँदै छन् ।
प्रकाशित मिति: शनिबार, असार १४, २०८२ १२:१९
प्रतिक्रिया दिनुहोस्