site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पार्टी आन्दोलनमा विचलन आयो, पदका निम्ति तँछाड मछाड छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनमा पछिल्लो समय विचलन आएको बताएका छन् । शनिबार (असार १४) भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

पार्टी आन्दोलनमा विभिन्न किसिमका राजनीतिक, सैद्धान्तिक, व्यावहारिक र सांस्कृतिक विचलन देखिएको उनले उल्लेख गरे । कम्युनिस्ट पार्टीको सुरुआत अवस्थाको समर्पण भाव, त्याग र तपस्याद्वारा जनताको सेवा गर्ने प्रतिबद्धताअनुसार हाल आन्दोलन अघि नबढेको उनले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हाल सबैतिर पद र व्यक्तिगत स्वार्थका निम्ति तँछाड मछाड भइरहेको उनले टिप्पणी गरे ।

अध्यक्ष प्रचण्डले यही अवस्था चलिरहेमा कम्युनिस्ट वर्गले देखेको सपना पूरा हुन नसक्ने बताए ।

कार्यक्रममा प्रचण्डको भनाइ पढ्नोस्–
आजभोलि पार्टीमा, आन्दोलनमा धेरै नै किसिमका विचलनहरू सैद्धान्तिक, राजनीतिक पनि, व्यावहारिक, सांस्कृतिक पनि थुप्रै किसिमका विचलनहरू देखिन्छन् । हामीले जति बेला कम्युनिस्ट पार्टी स्थापना भएर अघि जाँदै गर्दा जुन आदर्शको निम्ति र जुन समर्पण भावको साथ त्याग र तपस्याद्वारा जनताको सेवा गर्ने र वर्गको मुक्तिको लागि आफूलाई सम्पूर्ण रूपले समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका थियौँ, हिजो चाहे जनक्रान्तिको बेला होस् वा जनआन्दोलनको बेलामा – जुन किसिमको समर्पण प्रदर्शन गर्दथ्यौँ, आजभोलि त्यसमा धेरै नै खडेरी परेको देखिन्छ । सबैतिर पदको निम्ति, स्वार्थको निम्ति आफ्नो व्यक्तिगत प्रतिष्ठाको निम्ति मान्छे तँछाड मछाड गरेको सबैतिर देखिन्छ । हाम्रो पार्टीले गएको केन्द्रीय समितिको बैठकमा यो त बढी नै भयो । हामी हाम्रो विचार, राजनैतिक मुद्दा, वर्ग, समुदायप्रति जति नजिकको सम्बन्ध र उनीहरूको मुक्तिका निम्ति समर्पित हुनुपर्ने हो, त्यस्तो भएन । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १४:२४
प्रतिक्रिया दिनुहोस्