
काठमाडौं । प्युठानमा शनिबार (असार १४) बेलुका भारी वर्षा भएको छ । स्याउलीबाङमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
उक्त क्षेत्र भई बहने झिम्रुकलगायत साना खोलामा आकस्मिक बहावको सम्भावना छ । सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
“असार १४ गते, साँझ ६ः३६ बजे । पछिल्लो तीन घण्टामा प्युठान जिल्लास्थित स्याउलीबाङ वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको र थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने झिम्रुक खोलालगायत स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने रहेकोले आवश्यक सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।
शनिबार (असार १४) साँझदेखि सोमबार (असार १६) बिहानसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लाका धेरै भारी वर्षाको पूर्वानुमान छ ।