site stats
बाह्रखरी :: Baahrakhari
देश
मेलम्चीमा बस पल्टियो, आठजना घाइते
तस्बिर : देवराज सुवेदी/रासस ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१०, रामपुर बेँसीमा शनिबार (असार १४) दिउँसो एउटा बस दुर्घटना भएको छ । दुर्घटनामा आठ यात्री घाइते छन् ।

सिन्धुपाल्चोककै भोताङबाट काठमाडौंतर्फ आउँदो गरेको वाग्मती प्रदेश–३–०१–००५ख ९९७६ नम्बरको बस दुर्घटना भएको हो । दिउँसो करिब १ बजे मेलम्ची बजारपारि बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बस मेलम्ची नदी किनारमा पल्टिएको थियो । घाइतेमध्ये दुईजनाको अवस्था ‘मध्यम’ छ । ६ जना ‘सामान्य’ घाइते भएका इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १५:१६
प्रतिक्रिया दिनुहोस्