
काठमाडौं । डोटीमा शनिबार (असार १४) बेलुका मध्यम वर्षा भएको छ । झिग्रनामा मध्यम वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
त्यहाँ थप वर्षाको सम्भावना छ । बाढीको जोखिम हुने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।
“असार १४ गते, साँझ ७ः१५ बजे । पछिल्लो एक घण्टामा डोटी जिल्लास्थित झिग्रना वर्षामापन केन्द्रमा र आसपासका केन्द्रहरूमा हल्कादेखि मध्यम वर्षा मापन भएको र थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने रहेको र साथै कमजोर, भिरालो तथा पहिरोको जोखिम हुने क्षेत्रहरूमा आवश्यक सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।
शनिबार (असार १४) साँझदेखि सोमबार (असार १६) बिहानसम्म लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लाका धेरै भारी वर्षाको पूर्वानुमान छ ।