देश

काठमाडौं । प्युठानमा लुन्ग्री खोलाको सतह सतर्कता तह पार भएको छ । वर्षासँगै शनिबार (असार १४) राति लुन्ग्री खोलामा बाढी आएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
खोलाको बहाव बढ्दो क्रममा छ । सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
“असार १४ राति १०ः१५ बजे । प्युठान जिल्लास्थित लुन्ग्री खोला जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको तथा बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा र कमजोर तथा भिरालो जमिनमा पहिरो जोखिम हुन सक्ने रहेकाले आवश्यक सतर्कता अपनाईराखौँ,” विभागको सूचनामा उल्लेख छ ।
- मौसमविद्को सुझाव– आइतबार बेलुका र सोमबार सकभर यात्रा नगर्नुहोला
- यी १२ जिल्लामा ‘धेरै भारी’ वर्षाको चेतावनी
प्रकाशित मिति: शनिबार, असार १४, २०८२ २२:५०
प्रतिक्रिया दिनुहोस्