site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रभु साहले च्याते निजामती विधेयक, भन्छन्– पारित भए आगो बल्छ

काठमाडौं । आमजनता पार्टीका अध्यक्ष प्रभु साहले निजामती सेवा विधेयक च्यातेका छन् । आइतबार संसद् बैठकमा विधेयकमाथिको छलफलमा भाग लिएका सांसद साहले विधेयकलाई 'गरिबमारा' भनेर च्यातिदिएका हुन् ।

"यो गरिबमारा विधेयक पारित भयो भने देशमा आगो बल्छ," उनले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सांसद साहले विधेयकमा गरिबलाई निषेध गरिएको दाबी गरे । विधेयकबाट संविधानको नै उल्लंघन गरिएको उनको भनाइ छ । उनले तल्लो तहका कर्मचारीको वृत्ति विकासमा रोक लगाइएको बताए ।

"गरिबको भाग्य भविष्यलाई कत्लेआम आएको यो निजामती विधेयक हामीलाई स्वीकार्य छैन । यदि यो पारित भयो भने गरिबका लागि कालो दिन हुनेछ," उनले भने ।

 

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १४:४९
प्रतिक्रिया दिनुहोस्