site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माधव नेपालका बारेमा नबोल्न, नलेख्न निर्देशन
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टी अध्यक्ष माधवकुमार नेपालका बारेमा नबोल्न, नलेख्न निर्देशन दिएको छ । पार्टीका महासचिव घनश्याम भुसालले पार्टीको आधिकारिक धारणासँग बाँझिने गरी नबोल्न निर्देशन दिएका हुन् । 

अध्यक्ष नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाका विषयमा जेठ २२ गते प्रेस विज्ञप्तिमार्फत पार्टीको प्रारम्भिक धारणा स्पष्ट पारिएको समेत जनाएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पतञ्जली जग्गा प्रकरणमा मुद्दा दायर भएपछि नेपालको सांसद पद निलम्बन भएको छ । 

पार्टी नेतृ रामकुमारी झाँक्रीले शनिबार अर्ली महाधिवेशन गरेर पार्टीको अध्यक्ष फेर्ने प्रस्ताव गरेकी थिइन् । उनले मरेको सिनो काधँमा बोक्न नसकिने भन्ने गम्भीर अभिव्यक्ति दिएपछि आलोचना भइरहेको छ । “...यस परिस्थितिलाई कसरी सामना गर्ने भन्नेबारे अन्य आवश्यक निर्णय पार्टीले संस्थागत रूपमा गर्ने नै छ । 

तसर्थ, पार्टीको आधिकारिक धारणासँग बाँझिने कुनै पनि कुरा सार्वजनिक रूपले नबोल्न, नलेख पार्टी केन्द्रीय कार्यालय सबै कमरेडहरूको ध्यानाकर्षण गर्दछ,” भुसालले भनेका छन्, “पार्टीमा आफ्ना धारणा राख्ने विधि र स्थानहरू छन् भन्ने कुरामा हेक्का राख्न तथा कुनै पनि बहानामा सार्वजनिक वाद–प्रतिवादमा नउत्रिनसमेत सबैलाई आग्रह गर्दछ ।”

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १८:३४
प्रतिक्रिया दिनुहोस्