देश

काठमाडौं । हाल देशका धेरै स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, सातवटै प्रदेशका विभिन्न जिल्लाहरूमा पानी परिरहेको छ ।
पछिल्लो एक घण्टायता सबैभन्दा बढी पानी प्युठानको हंसपुरमा परेको छ । यो अवधिमा त्यहाँ ७९.६ मिलिमिटर वर्षा मापन गरिएको छ । प्युठानलगायत पानी परिरहेको क्षेत्रका बासिन्दाहरूले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
"अहिले सातवटै प्रदेशका विभिन्न जिल्लाहरूमा पानी परिरहेको छ । एक घण्टाको विवरण हेर्दा सबैभन्दा बढी पानी प्युठानको हंसपुरमा (७९.६ मिलिमिटर) परेको छ । प्युठानलगायत पानी परिरहेको क्षेत्रका बासिन्दाहरूले आवश्यक सतर्कता अपनाउनु होला," महाशाखाले सूचना जारी गर्दै भनेको छ ।
प्रकाशित मिति: आइतबार, असार १५, २०८२ १७:३२
प्रतिक्रिया दिनुहोस्