site stats
बाह्रखरी :: Baahrakhari
खेल
लाओसविरुद्ध खेल्ने सुरुवाती ११ सार्वजनिक

काठमाडौं । एएफसी महिला एसियन कप छनोटअन्तर्गत लाओसविरुद्ध खेल्ने नेपाली टिमको सुरुवाती ११ सार्वजनिक गरिएको छ । सुरुवाती ११ मा नियमित कप्तान एन्जिला तुम्बापो सुब्बाको स्थानमा अन्जना रानामगरलाई पोस्ट सम्हाल्ने जिम्मेवारी दिइएको छ ।

टोलीकी मिडफिल्डर रेनुका नगरकोटेको कप्तानीमा सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, सविता राणा मगर, अनिता बस्नेत, सरु लिम्बु, सरस्वती हमाल, समीक्षा घिमिरे, गीता राणा, निशा ठोक्कर र अन्जना राणा मगर छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वैकल्पिक खेलाडीमा एन्जिला तुम्बाप्पो सुब्बा, उषानाथ मनमाया दमाई, प्रतीक्षा चौधरी, विमला विक, पुजा राना, अमृता जैशी, अनिता बस्नेत, विमला चौधरी, प्रीति राई, सरु लिम्बू,चन्द्रा भण्डारी र रेखा पौडेल छन् । 

खेल नेपाली समयानुसार आज साँझ ६ः१५ बजे हुनेछ । 

छनोटमा नेपाली टिम समूह ‘एफ’ मा छ । यस समूहमा नेपालसँगै लाओस, श्रीलंका र उज्वेकिस्तान छन् । नेपालले छनोटको पहिलो खेलमा जुन २९ मा लाओससँग खेल्नेछ ।

यस्तै, जुलाई २ मा श्रीलंकासँग र जुलाई ५ मा उज्वेकिस्तानसँग खेल्नेछ । यस समूहका सबै खेल उज्वेकिस्तानमा हुने तालिका छ ।

प्रकाशित मिति: आइतबार, असार १५, २०८२  १७:५४
प्रतिक्रिया दिनुहोस्