-1751199169.jpg)
काठमाडौं । यामाहा नेपालले काठमाडौंको गोंगबुमा नयाँ ३एस सोरुम ‘मोटो क्राफ्ट्स प्रा. लि.’ को औपचारिक उद्घाटन गरेको छ । सेल्स, सर्भिस र स्पेयर पाट्र्स सेवा एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको हो ।
सोरुमको उद्घाटन टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले गरेका थिए । कार्यक्रममा एमएडब्लू ग्रुप अफ कम्पनीजका समूह निर्देशक गोपालकुमार अग्रवाल र एमएडब्लू राइड्स प्रा. लि. का कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवाल विशेष अतिथि रहेका थिए ।
मोटो क्राफ्ट्स प्रा. लि. ले आधुनिक पूर्वाधार र दक्ष टिममार्फत यामाहाको विशिष्ट सेवा प्रवाह गर्नेछ । ग्राहकहरूले यस सोरुमबाट यामाहाका मोटरसाइकल र स्कुटरको विस्तृत जानकारी, बिक्री, गुणस्तरीय सर्भिस तथा सक्कली स्पेयर पाट्र्स एकै स्थानमा पाउनेछन् । उद्घाटन कार्यक्रममा बोल्दै समूहका निर्देशक अग्रवालले यामाहाको प्रतिबद्धता केवल गाडी बेच्नेमा सीमित नरहेको, बरु ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माण गर्नेतर्फ केन्द्रित रहेको बताए ।
त्यसैगरी एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवालले गोंगबुमा नयाँ सोरुम सुरु गर्नु ग्राहक सेवा, पूर्वाधार र प्रविधिमा यामाहाको लगानीको प्रतिबिम्ब भएको बताए ।
मोटो क्राफ्ट्स प्रा. लि. का कार्यकारी निर्देशक सरोज न्हेम्हाफुकीले कम्पनीको तर्फबाट उच्च गुणस्तरका यामाहा दुईपांग्रे सवारीसाधनको बिक्री मात्र नभई भरपर्दो सर्भिसमार्फत पनि उत्कृष्ट ग्राहक अनुभव दिने प्रतिबद्धता व्यक्त गरे ।