
काठमाडौं । नेपाली शिक्षा परिषद्ले यस वर्षको ‘आदिकवि भानुभक्त पुरस्कार’ नेपालको शिक्षा क्षेत्रमा योगदान पुर्याउने शिक्षाविद् तथा कोशकार प्रा.शंकरराज पाठकलाई प्रदान गर्ने भएको छ ।
परिषद्की अध्यक्ष रमा शर्माको अध्यक्षतामा बसेको परिषद् प्रबन्ध समितिको बैठकले उक्त निर्णय गरेको हो । परिषद्ले आदिकवि भानुभक्त पुरस्कार विसं.२०५२ सालदेखि प्रत्येक वर्ष प्रदान गर्दै आइरकेको छ । पुरस्कारका साथ नगद राशि एक लाख २५ हजार रुपैयाँ प्रदान गरिने परिषद्ले जनाएको छ ।
राष्ट्रिय विभूति आदिकवि भानुभक्तको २१२औँ जयन्तीका अवसरमा यही असार २९ गते बिहान भानु मा.वि.रानीपोखरीअगाडि स्थापित भानुभक्तको प्रतिमामा माल्यार्पण गरिनेछ । अपराह्न लेखनाथ साहित्य सदन, सोह्रखुट्टे, काठमाडौंमा आदिकवि भानुभक्त पुरस्कार समर्पण गरिने विज्ञप्तिमा उल्लेख छ ।