site stats
बाह्रखरी :: Baahrakhari
देश
शिक्षामन्त्रीले भने– महासंघसँग थप छलफल आवश्यक, समिति बैठक स्थगित गरौँ

काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले नेपाल शिक्षक महासंघसँग थप छलफल गर्नुपर्ने बताएका छन् । सोमबार शिक्षा समितिको बैठकमा पदपूर्तिसहित सहमति जुट्न नसकेका विषयमा महासंघसँग छलफल गर्नुपर्ने देखिएको बताएका हुन् ।

"महासंघसँग अझै वार्ता गर्नुपर्ने देखिएको छ । सहमतिको प्रयत्न गर्‍यौँ । तर, सहमति हुन सकेन । विधेयकमाथि छलफल गर्नुभन्दा आजको बैठक स्थगित गरौँ," उनले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महासंघका पदाधिकारीसँग आज शिक्षा मन्त्रालयमा भएको छलफल निष्कर्षविहीन बनेको थियो । शिक्षक पदपूर्तिबारे ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गर्ने विषयमा सहमति नभएपछि महासंघका पदाधिकारी छलफलबाट बाहिरिएका थिए । 

पदपूर्तिमा शिक्षकहरूसँग सहमति नजुटेपछि शिक्षामन्त्री रघुजी पन्तले थप परामर्श थालेका थिए ।

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १६:२७
प्रतिक्रिया दिनुहोस्