site stats
बाह्रखरी :: Baahrakhari
देश
कञ्चनपुरको बेलौरीमा ‘अति भारी’ वर्षा, सतर्कता अपनाउन आग्रह
कञ्चनपुरमा गत वर्ष डुबानको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । कञ्चनपुरको बेलौरीमा ‘अति भारी’ वर्षा भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २०१ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस आसपास अरू स्थानमा पनि ‘धेरै भारी’ पानी परेको छ । वर्षा भइरहेको स्थानमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।

कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे हल्का वर्षा भनिने महाशाखाले जनाएको छ ।

adgm-1751257635.jpg
 

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १०:१०
प्रतिक्रिया दिनुहोस्