site stats
बाह्रखरी :: Baahrakhari
देश
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
सुर्खेतमा पहिरोको दृश्य । फाइल तस्बिर ।

कालीकोट । पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सोमबार (असार १६) बिहानदेखि कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोटको गगने खोला–हुम्मखण्ड अवरुद्ध भएको हो ।

आइतबार (असार १५) बेलुकादेखिको वर्षासँगै गगने खोला–हुल्मसम्म धेरै ठाउँमा पहिरो खसेको छ । रातिदेखि अत्यधिक वर्षा र पहिरोले बाटो अवरुद्ध भएको कालीकोटका प्रहरी प्रमुख एवं डीएसपी टेकबहादुर रावतले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“गाडी चल्न सक्ने अवस्था छैन । कर्णाली करिडोर सुरु हुने खुलालु जिरो प्वान्टमा खसेका ढुंगा पन्छाएर जेसीभी गगने खोलाको पहिरो हटाउन पठाइएको छ,” उनले भने ।

पहिरो जारी रहेकाले बाटो खुलाउन कठिन भएको उनले जानकारी दिए । “सडक डिभिजन जुम्लाले मेसिन पनि पठाएको छ,” उनले भने, “सानोतिनो पहिरो पन्छाउँदै मेसिन ठूलो पहिरो गएको ठाउँमा पुगिसकेकाले पानी रोकिए दिउँसोसम्म एकतर्फी सडक सञ्चालन हुन्छ ।”

सडक अवरुद्ध हुँदा कालीकोट, जुम्ला मुगु, बाजुरा, हुम्लाबाट सुर्खेत जाने र त्यताबाट माथितिर आउने गाडी रोकिएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १२:५२
प्रतिक्रिया दिनुहोस्