site stats
बाह्रखरी :: Baahrakhari
देश
मन्त्रालयबाट निस्किए शिक्षक, पदपूर्ति ६०/४० मा भएन सहमति

काठमाडौं । नेपाल शिक्षक महासंघका पदाधिकारीहरू सोमबार (असार १६) शिक्षा मन्त्रालयमा भएको बैठकबाट बाहिरिएका छन् । शिक्षकको पदपूर्तिबारे ६० आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गर्ने विषयमा सहमति नभएपछि उनीहरू निस्किएका हुन् ।

“सरकारले पटक–पटक शिक्षकहरूसँग ७५/२५ को सहमति गरेको थियो ।  हामीले यही कुरा राख्यौँ,” महासंघका महासचिव तुलाबहादुर थापाले बाह्रखरीसित भने, “तर, उहाँहरूले ७५/२५ को अवस्थामा शिक्षा विधेयक अगाडि बढाउन नसकिने बताउनुभयो । अनि, हामी निस्कियौँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक यसअघि सोमबार बिहान ८ बजे बस्ने गरी बोलाइएको थियो । शिक्षकसँगको वार्ताका कारण समिति बैठकको समय दिउँसो २ बजेसम्मका निम्ति सारिएको थियो ।

बैठकमा महासचिव थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हंस शाही, शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी र एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी सहभागी थिए । 

महासंघले आफूसँग गरेका सहमतिअनुसार ‘अग्रगामी’ शिक्षा विधेयक पारित नगरिए पहिलेभन्दा कडा आन्दोलनको चेतावनी दिएको छ ।

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १४:३७
प्रतिक्रिया दिनुहोस्