
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) २९ अंकले बढेको छ । मंगलबार बजार २८.९१ अंकले बढेको हो । यससँगै बजार मापक २,६६०.३९ विन्दुमा कायम छ ।
बजार बढ्दा २१७ कम्पनीको सेयरमूल्य बढ्यो । यस्तै, ३१ कम्पनीको सेयरमूल्य घटेको छ ।
साताको तेस्रो कारोबारको दिन सात अर्ब ३३ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । एक करोड ५७ लाख ६४ हजार कित्ता सेयर ७० हजार पटकमा खरिदबिक्री भएको थियो ।
सामुदायिक लघुवित्त, ङादी हाइड्रोपावर, बरुण हाइड्रो, राप्ती हाइड्रो, सर्पोट माइक्रो फाइनन्स उच्च कारोबार गर्ने शीर्ष पाँच कम्पनी रहे ।
युनिलिभर नेपाल, सनराइज म्युचअल फन्ड, गार्डियन माइक्रो फाइनान्स, नेपाल माइक्रोफाइनान्स, सिन्धु विकास बैंक उच्च गुमाउने शीर्ष पाँच कम्पनी रहे ।
समूहतर्फ म्यान्युफ्यक्चरिङ एन्ड प्रोसेसिङ र ट्रेडिङ इन्डेक्स घट्दा बाँकी ११ समूह हरियो रहे ।