
काठमाडौं । कुमारी बैंक लिमिटेडले कुमारी भर्चुअल क्रेडिट कार्ड सेवा सुचारु गरेको छ । फोनपे पेमेन्ट सर्भिस लिमिटेडसँगको सहकार्यमा सुरु गरेको हो ।
यो सेवा बैंकको मोबाइल बैंकिङ एप ‘कुमारी स्मार्ट’मार्फत सहजरूपमा प्रयोग गर्न सकिनेछ ।
भर्चुअल क्रेडिट कार्ड भनेको कुनै भौतिक कार्ड नभई डिजिटलरूपमा जारी गरिने क्रेडिट कार्ड हो । जसलाई ग्राहकले कुमारी स्मार्ट एपमार्फत सहजै मोबाइलबाट सुचारु गर्न सक्नेछन् ।
फोनपेको क्यूआर मर्चेन्टहरूमा पेमेन्ट कारोबार गर्न सकिने यस भर्चुअल क्रेडिट कार्डको भुक्तानीका लागि ग्राहकले अधिकतम ४५ दिनसम्म बिनाब्याज (सर्त लागु) बैंकले जनाएको छ ।
साथै, सेटलमेन्टमा १० प्रतिशत वा शतप्रतिशत भुक्तानी गर्ने विकल्पसमेत छान्न सक्नेछन् ।