site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
चीनमा हुने ‘सिड्स फर द फ्युचर’ कार्यक्रमका लागि पाँच नेपाली विद्यार्थी छनोट

काठमाडौं । हुवावे नेपालले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरेको ‘सिड्स फर द फ्युचर २०२५’ कार्यक्रमका लागि पाँच नेपाली छनोट भएका छन् । 

हुवावेले चीनमा आयोजना हुने क्षेत्रीय प्रतिस्पर्धाका लागि शीर्ष पाँच नेपाली विद्यार्थीको घोषणा गरेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सन् २०२५ अगस्टमा चीनमा हुने यस कार्यक्रमको लागि देशभरका विश्वविद्यालयहरूबाट ६५० भन्दा बढी विद्यार्थीले आवेदन दिएका थिए । प्रतिस्पर्धात्मक छनोट प्रक्रियामा ३० विद्यार्थीलाई सर्टलिस्टमा राखी विभिन्न प्राविधिक तालिम, कार्यशाला तथा सांस्कृतिक आदानप्रदानमा सहभागी गराइएको थियो ।
 
विद्यार्थीहरूले फाइभजी, कृत्रिम बुद्धिमत्ता (एआई), क्लाउड कम्प्युटिङ र क्लिन इनर्जी जस्ता अत्याधुनिक प्रविधिहरूको आधारभूत ज्ञान लिने अवसर पाएका थिए ।

२०२५ जुन २५ मा सम्पन्न अन्तिम चरणको अन्तर्वार्तामा पाँच विद्यार्थी छनोट भएका थिए । 

छनोटमा सफल विद्यार्थीहरूमा आदर्श श्रेष्ठ, अपला तिमिल्सिना, दिनानाथ पाध्य, मंजिला पाण्डे र स्तुति ढुंगाना रहेका छन् । अब यी विद्यार्थीहरूले चीनमा हुने क्षेत्रीय कार्यक्रममा सहभागिता जनाउँदै स्थानीय तथा अन्तर्राष्ट्रिय विज्ञहरूसँग नेटवर्किङ, परामर्श, व्यावसायिक अनुभव र उच्च प्रविधिमा आधारित परियोजनामा संलग्न हुनेछन् ।

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १७:३२
प्रतिक्रिया दिनुहोस्