site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भन्सार विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित

काठमाडौं । राष्ट्रियसभाको बैठकबाट भन्सार विधेयक, २०८० सर्वसम्मतिले पारित भएको छ । सभाको बुधबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो ।

विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार चुहावट नियन्त्रण गर्ने तथा भन्सार व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले विधेयक ल्याइएको बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले भन्सार सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यले विधेयकले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

 

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १७:४६
प्रतिक्रिया दिनुहोस्