देश

काठमाडौं । बझाङमा जयपृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । जयपृथ्वी नगरपालिका–७, माल्लाभीरस्थित सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।
बिहीबार (असार १९) बिहान करिब पौने ८ बजे उक्त स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । अविरल वर्षासँगै सडकमाथिबाट पहिरो खसेको हो ।
राजमार्ग खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असार १९, २०८२ ०९:२६
प्रतिक्रिया दिनुहोस्