देश

काठमाडौं । रुकुम पश्चिमस्थित मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । चौरजहारी नगरपालिका–८, कालेखोला पुलनजिकै सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
बिहीबार (असार १९) बिहान करिब सवा ७ बजे उक्त स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडकमाथिबाट पहिरो खस्दा मध्यपहाडी लोकमार्गको उक्त खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो ।
प्रकाशित मिति: बिहीबार, असार १९, २०८२ ०९:२०
प्रतिक्रिया दिनुहोस्