site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भारतमा बनेको एमजी विन्डसर ईभी नेपालमा, न्यूनतम मूल्य ३८ लाख

काठमाडौं । नेपालका लागि एमजी मोटर्सको आधिकारिक आयातकर्ता तथा वितरक पारामाउन्ट मोटर्स प्रालिले एमजी विन्डसर ईभी गाडी बजारमा ल्याएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा कम्पनीले एमजी विन्डसर ईभी सार्वजनिक गरेको हो ।

एमजी विन्डसर ईभी लन्च कार्यक्रम एमजीको नेपाल र विश्वव्यापी यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि भएको वितरक कम्पनी पारामाउन्टले जनाएको छ । भारतमा निर्मित यस गाडीले व्यवहारिकता, सुविधा र प्रिमियम डिजाइनलाई एउटै गाडीमा समेट्दै एमजीको इलेक्ट्रिक मोबिलिटी पोर्टफोलियो विस्तार गरेको कम्पनीले जनाएको छ ।

सार्वजनिक गरेको एक्सक्लुसिभ भेरियन्टको मूल्य ३७ लाख ९९ हजार तथा इसेन्स भेरियन्टको ३९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

Windersd-1751526499.jpg
विन्डसर ईभीले थप स्पेस, थप कम्फर्ट र थप प्रिमियम विशेषता उपलब्ध गराएको छ । यसमा १३५ रेक्लाइन हुने एरो लाउन्ज सिट, ६०४ लिटरको ठूलो बुट स्पेस र १५.६ इन्चको ग्रान्डभ्यू टच डिस्प्ले रहेको कम्पनीले जनाएको छ ।

यसका साथै, विन्डसर ईभीमा शक्तिशाली मोटर पावर रहेको छ, जसले सहर र हाइवेको ड्राइभलाई सहज बनाउने दाबी कम्पनीको छ । यसको ३८ किलोवाट ब्याट्रीले ३३२ किलोमिटर रेन्ज प्रदान गर्ने जनाइएको छ । यस्तै, वायरलेस चार्जिङ सुविधाले थप सहजता दिनेछ । एप्पल र एन्ड्रोइड कारप्ते इन्टिग्रेसनले कनेक्टिभिटीलाई सहज बनाउने जानकारी पारामाउन्टले दिएको छ । 

प्रिमियम अपिल बढाउन यसमा नेदरेट सिटहरू र स्मार्ट फ्लस डोर ह्यान्डल पनि राखिएका छन् । सुरक्षाका लागि यसमा ६ वटा एयरब्याग राखिएको छ । आईपी ६७ रेटेड भएको र ३९ वटा कडा सेफ्टी टेस्ट पार गरेको छ । ६ स्पिकर सिस्टमले गाडीभित्रको मनोरञ्जन अनुभवलाई अझ उत्कृष्ट बनाउँछ भने १८६ मिमि ग्राउन्ड क्लियरेन्सले सबै बाटोमा सहज र आत्मविश्वासी ड्राइभ सुनिश्चित गर्ने दाबी कम्पनीको छ । 

विन्डसर ईभीमा ८ वर्षको ब्याटी वारेन्टी रहेको छ । नेपालभर फैलिएको एमजीको डिलर नेटवर्कले बिक्री र सर्भिस सेवा प्रदान गर्ने कम्पनीको जनाएको छ ।

Winders-d-1751526499.jpg
एमजी मोटर्स नेपालका प्रवक्ता सुनीलबहादुर क्षेत्रीले एमजी विन्डसर ईभीले स्पेस, कम्फर्ट र प्रिमियम फिचरहरूलाई एउटै विद्युतीय यात्रा अनुभवमा समेटेको बताएका छन् । उनले भने, “हामी विश्वस्त छौँ कि यसले नेपालमा इलेक्ट्रिक मोबिलिटीको नयाँ आयाम स्थापित गर्नेछ ।”

पारामाउन्ट मोटर्सले उच्च गुणस्तरीय, नवप्रवर्तनयुक्त र दिगो अटोमोटिभ समाधान उपलब्ध गराउने आफ्नो प्रतिबद्धता कायम राख्दै आएको जनाएको छ । नेपालमा उपलब्ध अन्य एमजी गाडीहरूम एमजी ४ ईभी, एमजी कोमेट ईभी, एमजी जेडएस ईभी र एमजी एस ५ ईभी छन् ।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १२:५५
प्रतिक्रिया दिनुहोस्