
काठमाडौं । नेपालको राष्ट्रिय महिला लिग च्याम्पियन विभागीय टोली एपीएफले एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा साउदी अरेबियाको अल–नासरसँग खेल्ने भएको छ । एसियाली फुटबलको सर्वोच्च निकाय एसियन फुटबल कन्फेडेरेसनले बिहीबार गरेको ‘ड्र’ बाट एपीएफ र अल–नासर समूह ‘बी’मा परेका हुन् ।
यस समूहमा एपीएफ र अल–नासरसँगै थाइल्यान्डको कलेज अफ एसियन स्कलर्स र उज्वेकिस्तानको पीएफसी नासफ छन् । यस समूहको सबै खेल उज्वेकिस्तानले आयोजना गर्नेछ ।
प्रतियोगिताको प्रारम्भिक चरणमा कुल १९ टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसलाई ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘ई’ गरी चार समूहमा विभाजन गरिएको छ । एएफसीले समूह ‘ई’ भने तीन टोलीलाई मात्रै राखेको छ ।
प्रतियोगिताबाट प्रत्येक समूहका विजेताले एएफसी महिला च्याम्पियन्स लिगको समूह चरणमा स्थान बनाउनेछ । प्रतियोगिताको प्रारम्भिक चरण अगस्ट २३ देखि ३१ सम्म हुने एएफसीले जनाएको छ ।