site stats
बाह्रखरी :: Baahrakhari
खेल
एसीसी इस्ट जोन कप : फाइनलमा नेपाल र सिंगापुर भिड्ने

काठमाडौं । एसीसी इस्ट जोन कपको फाइनलमा नेपालले सिंगापुरसँग खेल्ने भएको छ । बिहीबार सिंगापुरले हङकङलाई पराजित गरेपछि फाइल भिडन्त तय भएको हो ।

फाइनल खेल आगामी जुलाई ५ मा मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभल क्रिकेट रंगशालामा हुनेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समूह चरणमा सिंगापुर नेपालसँग पराजित भएको थियो । गत २२ जुनमा सम्पन्न खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।

बिहीबार क्वालम्पुरस्थित सेलेंगोर टर्फ क्लबमा सिंगापुरलाई फाइनसम्म पुर्याेउन स्वरित ठाकुरले सर्वाधिक ५१ रन बनाए । अविजित रहेका उनले पाँच चौका र एक छक्का प्रहार गरे । कप्तान रियान नाइकले ३१ रन बनाए । रोहन अस्टिन अरुनले २५ रन र आहान भुतान्डमले १७ रन बनाए । यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

हङकङका प्रित किशोरकुमारले सर्वाधिक दुई विकेट लिए । उनले ६ ओभरमा एक मेडन फ्याक्दै  १६ रन खर्चिए । त्यसैगरी, हरिशंकर भेंकटेस, अभिमन्यु गेनिसान र महोम्म्द अब्जुर अलिले समान एक–एक विकेट लिए । 

त्यसअघि, टस जितेर ब्याटिङ गरेको हङकङले ४३.५ ओभरमा सबै विकेट गुमार १६८ रनको योगफल खडा गरेको थियो । हङकङका रियान्स शर्माले सर्वाधिक ४६ रन बनाए । उनले ३४ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । कप्तान प्रित किशोरकुमारले  ४२ रन बनाए । श्रेय निलेशकुमारले १६ रन प्रहार गरे । भिर मथुरले १५, डेक्लान चर्चले १३ रन र ऋिशी भुटानीले १२ रन जोडे । 

बलिङतर्फ युभान पाण्डेले सर्वाधिक चार विकेट लिए । उनले नौ ओभरमा ३६ रन खर्चिए । आकाश तेजुले तीन विकेट लिए । आहान भुथान्डम, कपिस वेंकटरमन र भेडान्श गुप्ताले समान एक–एक विकेट लिए । 
 

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १५:०५
प्रतिक्रिया दिनुहोस्