site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रामकुमारी झाँक्रीलाई पार्टीले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । पार्टी कार्यालय आलोकनगरमा बिहीबार (असार १९) बसेको केन्द्रीय सचिवालय बैठकपछि उपाध्यक्ष जगन्नाथ खतिवडाले एकीकृत समाजवादीको अनुशासन आयोगले झाँक्रीलाई स्पष्टीकरण सोधेको जानकारी दिएका हुन् ।

“पार्टीको अनुशासन आयोगले उहाँ (रामकुमारी झाँक्री)लाई स्पष्टीकरण सोधेको छ । त्यसले निश्चित समय लिएको छ र त्यो समयानुसार उहाँले स्पष्टीकरण दिनुहुनेछ भन्ने हामीलाई विश्वास छ,” उनले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बिहीबार नै यसअघि पार्टी कार्यालयमा पुगेर झाँक्रीले आफूलाई स्पष्टीकरण सोधिएको विषय निराधार भएको बताएकी थिइन् ।

सचिवालय बैठकमा पतञ्जलि जग्गा प्रकरणमा पार्टी अध्यक्ष माधवकुमार नेपालमाथिको मुद्दा, पछिल्लो राजनीतिक अवस्था र आन्तरिक विषयमा छलफल गरिएको खतिवडाले बताए ।

बैठकमा उपाध्यक्ष धर्मनाथ साह, उपमहासचिव मेटमणि चौधरी, राजेन्द्र राईले धारणा राखेका थिए । पार्टीको सचिवालय बैठक यही असार २२ गते पुनः बस्ने गरी स्थगन गरिएको उनले जानकारी दिए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १४:५२
प्रतिक्रिया दिनुहोस्