
काठमाडौं । काठमाडौंको न्युरोडस्थित ताम्राकार कम्प्लेक्स क्षेत्रका सडकमा पार्किङ गरिएका मोटरसाइकलमा महानगर प्रहरीले 'ह्विललक' गरेपछि व्यवसायीले ‘सटर डाउन’ गरेको छन् ।
सडक किनारमा पार्किङ गर्न पाउनुपर्ने मागसहित व्यवसायीले ‘सटर डाउन’ गरेका हुन् ।
महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले सडकको कालोपत्रे क्षेत्रमा पार्किङ गर्न नपाइने बताए । उनले महानगरको नीतिअनुसार मोटरसाइकलमा ह्विललक गरेपछि केहीबेर विवाद उत्पन्न जानकारी दिए ।
“सडकमा पार्किङ गर्नेलाई ठाउँको ठाउँ कारबाही गरिरहेका छौँ । न्युरोडका व्यवसायीले सडकमा पार्किङ गर्न पाउनुपर्छ भन्ने माग हो । १–२ मिनेट त पार्किङ गर्न दिइरहेका छौँ । १५–२० मिनेटसम्म सडकमै पार्किङ गर्नेलाई कारबाही गरेका हौँ,” पाण्डेले भने ।