विदेश

काठमाडौं । रोममा एक ग्यास स्टेसनमा विस्फोट हुँदा आठ प्रहरी अधिकारी र एक अग्निनियन्त्रकसहित धेरै व्यक्ति घाइते भएका छन् । विस्फोटको आवाज सहरभरि सुनिएको थियो ।
सहरको पूर्वी क्षेत्रमा रहेको ग्यास स्टेसनको इन्धन ट्यांक शुक्रबार बिहान करिब ८ः१५ बजे विस्फोट भएको रोम प्रहरीले बताएको छ । विस्फोट भएको स्टेसनले तरल पेट्रोलियम ग्यास बिक्री गर्ने गर्थ्यो ।
इटालीको अग्निनियन्त्रण सेवाका प्रवक्ता लुका कारीका अनुसार, विस्फोट हुनुअघि एक ट्रकसम्बन्धी घटनाका कारण अग्निनियन्त्रक र प्रहरी अधिकारी पहिल्य नै ग्यास स्टेसनमा पुगिसकेका थिए ।
विस्फोटको कारण अझै अज्ञात छ । ट्रकसम्बन्धी घटनाबारे थप जानकारी नभएको उनले बताए ।
न्युयोर्क टाइम्सबाट ।
प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२ १७:३४
प्रतिक्रिया दिनुहोस्