site stats
बाह्रखरी :: Baahrakhari
कला
दयाहाङको ‘मिरमिरे’को छायांकन सुरु

काठमाडौं । चलचित्र ‘मिरमिरे’को छायांकन सुरु भएको छ । आजबाट चलचित्रको छायांकन सुरु भएको हो । 

निर्माणपक्षले पनौती नगरपालीका ११ बल्थलीस्थित श्री लड्केश्वर आधारभूत विद्यालय पसिरमा क्यामेरा पूजा गर्दै छायांकन सुरु भएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

३५ दिनको छायांकनको तालिका रहेको निर्देशक यम शेर्पाले बताएका छन् । उनका अनुसार सिनेमाको अधिकांश छायांकन काभ्रेका विभिन्न स्थानमा हुनेछ ।

यार्सा फिल्म्सको प्रस्तुति रहने यस चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु छन् । अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, बाल–कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।

‘मिरमिरे’को निर्देशनसँगै स्टोरी पनि यम शेर्पा स्वयंले लेखेका छन् । चलचित्रका छायाकार आलोक शुक्ला हुन् ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।

‘मिरमिरे’ २०८२ मा रिलिज हुनेछ । प्रदर्शन मिति भने तय भएको छैन ।
 

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  १२:४०
प्रतिक्रिया दिनुहोस्