site stats
बाह्रखरी :: Baahrakhari
कला
‘नेशनल म्युजिक अवार्ड–२०८१’मा कुमा र दुर्गेशको कन्सर्ट

काठमाडौं । ‘नेशनल म्युजिक अवार्ड–२०८१’ असार २८ गते  आयोजना हुने भएको छ । रेडियो कान्तिपुरले आयोजना गर्ने उक्त अवार्डमा १४ विधा र लाइफ टाइम अचिभमेन्ट अवार्डसहित कन्सर्ट पनि हुनेछ । 

कन्सर्टमा कुमा सागरदेखि दुर्गेश थापासहित १० चर्चित युवा कलाकारको प्रस्तुति रहनेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तीन हजार दर्शक क्षमता रहेको गोदावरी सनराइज सम्मेलन केन्द्रमा कुमा सागर र दुर्गेश थापासँगै सुशान्त घिमिरे, स्वप्न सुमन, अस्मिता अधिकारी, वाङ्देन शेर्पा, एलिना चौहान, पशुपति शर्माले सांगीतिक प्रस्तुति दिँदा सुन्दर खनाल र सुजिता श्रेष्ठले हास्य प्रस्तुति दिनेछन् ।

कान्तिपुर टेलिभिजनको सीईओ सुरजसिंह ठकुरीले ‘नेशनल म्युजिक अवार्ड’ले यो पटक स्तरोन्नति गर्दै कन्सर्टसँगै अवार्ड वितरण गर्न लागेको जानकारी दिए । 

रेडियो कान्तिपुरको स्टेसन म्यानेजर पवन आचार्यले यसअघि रेडियो कान्तिपुरमा बजेका गीतलाई मात्रै अवार्ड दिने गरेकोमा केही वर्षयताबाट कान्तिपुरबाहेकका क्षेत्रमा बजेका गीतलाई पनि अवार्डमा समावेश गराउँदै आएको जानकारी दिए । 

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  ०६:४३
प्रतिक्रिया दिनुहोस्