site stats
बाह्रखरी :: Baahrakhari
विदेश
चीनले जवाफी कदम चाल्दै युरोपेली मेडिकल उपकरणहरूमाथि लगायो प्रतिबन्ध

काठमाडौं । चीनले युरोपेली मेडिकल उपकरण कम्पनीहरूलाई चिनियाँ सरकारलाई बिक्री गर्न रोक लगाउने घोषणा गरेको छ । चीनले आइतबार युरोपेली संघले चीनका उत्पादनहरूको बिक्रीमा प्रतिबन्ध लगाएको जवाफ स्वरुप सो घोषणा गरेको हो ।

चीनको अर्थ मन्त्रालयको आइतबारको सूचना अनुसार ४५ मिलियन युआन (६.२८ मिलियन डलर) भन्दामाथिको खरिद बजेट भएमा युरोपेली कम्पनीहरूलाई बहिष्कार गरिने र यो प्रतिबन्ध आइतबारबाटै लागु भएको बताएको छ ।

यो कदम चीनमा लगानी गरेका र त्यहाँ सामान उत्पादन गर्ने युरोपेली कम्पनीहरूलाई लागु हुनेछैन ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चीनले शुक्रबार युरोपेली ब्रान्डी, विशेष गरी फ्रान्समा उत्पादित कग्न्याकमाथि एन्टि–डम्पिङ कर लगाएको थियो स यस अघि ब्रान्डीमा लगाइएका करहरूमा प्रमुख ब्रान्डी उत्पादकहरूका लागि केही छुटहरू समावेश थिए तर चीन र युरोपेली संघबीच विभिन्न उद्योगहरूमा धेरै व्यापार विवादहरू कारण यो परिस्थिति आएको हो । 

चीनमा निर्मित विद्युतीय सवारीसाधन (ईभी) माथि धेरै युरोपेली देशहरूले कर लगाएपछि चीनले विरोध जनाएको थियो । त्यसयता, चीनले युरोपेली सुँगुरको मासु र डेरी उत्पादनहरूमा पनि अनुसन्धान सुरू गरेको जनाएको छ ।

गत  महिनाको जुनमा, युरोपेली संघले चिनियाँ कम्पनीहरूलाई पाँच मिलियन युरो (५.८९ मिलियन डलर) भन्दा बढीको सरकारी खरिदबाट बहिष्कार गर्ने घोषणा गरेको थियो । 

युरोपेली संघले यो उपायले चीनलाई युरोपेली कम्पनीहरूमाथिको भेदभाव बन्द गर्न प्रोत्साहन गर्ने बताएको थियो । साथै, चीनले आफ्नो खरिद बजारमा महत्त्वपूर्ण र बारम्बार कानुनी तथा प्रशासनिक अवरोधहरू खडा गरेको आरोप लगाएको थियो ।

जवाफमा, चीनले जवाफी उपायहरू लागु गर्नुबाहेक अर्को विकल्प नभएको बताएको छ । “चीनले द्विपक्षीय बारम्बार युरोपेली संघसँग मतभेदहरूलाई संवाद र परामर्श तथा द्विपक्षीय सरकारी खरिद व्यवस्थामार्फत समाधान गर्न इच्छुक रहेको व्यक्त गरेको छ,” वाणिज्य मन्त्रालयका प्रवक्ताको भनाइमा उल्लेख छ ।  

वाणिज्य मन्त्रालयले अगाडि भनेको छ, “दुर्भाग्यवश, युरोपेली संघले चीनको सद्भाव र इमानदारीलाई बेवास्ता गरेको छ र प्रतिबन्धात्मक उपायहरू लिन र नयाँ संरक्षणवादी अवरोधहरू खडा गर्नमा अडिग रहेको छ ।”

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १६:०१
प्रतिक्रिया दिनुहोस्