site stats
बाह्रखरी :: Baahrakhari
कला
आठ सहरबाट ‘जनै हराएको मान्छे’को पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को काठमाडौंसहित देशका आठवटा सहरबाट एक साथ पोस्टर सार्वजनिक गरिएको छ । काठमाडौं, झापा, धरान, इटहरी, विराटनगर, वीरगञ्ज, बुटवल र नेपालगञ्जबाट आइतबार दिउँसो साढे ३ बजे एक साथ पोस्टर अनावरण गरिएको हो ।

निर्माण टिमले तीनवटा पोस्टर एकसाथ सार्वजनिक गरेको छ । पोस्टरमा विजय बरालसँगै केकी अधिकारी र मिरुना मगर छन् ।

अर्को पोस्टरमा केकी अधिकारी छिन् । तेस्रो पोस्टरमा विजयले चलाएको रिक्सामा मिरुना बसेकी छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पोस्टरले सिनेको कथा अर्थात् सम्बन्धको परिबन्धमा बाँधिएको यथार्थलाई देखाएको छ ।

एउटा पोस्टरमा छेउछेउमा केकी र मिरुना छन् । बीचमा विजय छन् । केकी र मिरुनाले समाएको धागोलाई बीचमा विजयले समाएका छन् । मिरुना बेहुलीको भेषमा छिन् । 

मिरुना मंगोलियन फेसमा छिन् । विजय र केकी आर्य । त्यसैले विजय आफ्नो जातीय परम्परालाई अंगाल्दै परिवारतिरै बसौँ वा क्रान्तिकारी निर्णय गर्दै मन पराएको मान्छेसँग विवाह गरौँ भन्ने दोधारमा रहेको पोस्टरले प्रष्ट पारेको छ ।

अर्को पोस्टरमा केकी छिन्, जो धागोहरूले बाँधिएको अवस्थामा छिन् । उनको हात पहेँलो, निलो र रातो रंगको धागाले बाँधिएको छ । त्यसैले उनी क्रान्तिकारी निर्णय गर्दै विजयलाई साथ दिन्छिन् वा सामाजिक परम्परालाई नै निरन्तरता दियौँ भन्ने दोधारमा रहेको पोस्टरले संकेत गरेको छ । 

अर्को पोस्टरमा विजयले चलाएको रिक्सामा मिरुना छिन् । 

भदौ ६ गते रिलिज हुने ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, आरुस भुसाल, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् ।

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १०:२७
प्रतिक्रिया दिनुहोस्