site stats
बाह्रखरी :: Baahrakhari
विदेश
राम्रोसँग सपथ ग्रहण नगरेको भन्दै हङकङका दुई सांसदलाई कार्यभार सम्हाल्न रोक
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । हङकङको राजनीतिमा चीनले हस्तक्षेप गरी दुई निर्वाचित सांसदहरुलाई आधिकारीक रूपमा काम गर्नबाट रोकेको बीबीसीले जनाएको छ ।
सिक्तुस लेउङ तथा याउ वाई चिङ नाम गरेका स्वतन्त्रता पक्षधर सांसदहरुले सपथ ग्रहण गर्दा बेइजिङप्रति निष्ठा जनाउन अस्वीकार गरेका थिए ।
यसलाई बेइजिङले हङकङको कानुन एक  प्रावधानसँग जोडेर यदि कुनै अधिकारीले उपयुक्त रूपमा सपथ नलिएको खण्डमा उसले कार्यभार सम्हाल्न नसक्ने भनेर व्याख्या गरी उनीहरुलाई काम गर्नबाट वन्चित गरेको छ । 
चीनको यो कदम हङकङमा हप्तौंदेखिको भद्रगोलपछि आएको बताइएको छ । हङकङको संसदमा यस विषयमा हालैका दिनमा विरोध र धक्कामुक्की भएको थियो र चार जना पक्राउ परेका थिए । 
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७३  १२:०२
प्रतिक्रिया दिनुहोस्