site stats
बाह्रखरी :: Baahrakhari
देश
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
भक्तपुर । नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थले तरुण दललाई आफ्नो मुठ्ठीमा राखेर कब्जा गर्ने उद्देश्यले एकतर्फी ढङ्गले महाधिवेशन गर्न लागेको आरोप लगाएका छन् । 
आज भक्तपुरमा रफत सञ्चार क्लबले आयोजना गरेको अन्तक्र्रियामा बोल्दै उनले तत्कालीन पार्टी केन्द्रीय समितिले गरेको निर्णय विपरीत आगामी कात्तिक २७ देखि २९ गतेसम्म पोखरामा हुन लागेको तरुण दलको महाधिवेशन तत्काल स्थगित नगरे समानान्तर महाधिवेशन गर्ने बताएका छन्। 
उनले भने – “पार्टी नेतृत्वले एकतर्फी ढङ्गले सदस्यता वितरण गरेर तरुण दलको महाधिवेशन गराउन खोजेको छ, यसलाई तत्काल स्थगित नगरे पोखरामै अर्को महाधिवेशन गरेर तरुण दलको समानान्तर केन्द्रीय समिति बनाउँछौँ ।” 
जर्बजस्ती गरिने महाधिवेशनले सिङ्गो पार्टी, यसका भ्रातृ सङ्गठनलाई कमजोर बनाउने बताउँदै कायस्थले यसले स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचनमा समेत नराम्रो असर पु¥याउने खतरा रहेको औँल्याए । 
कार्यक्रममा केन्द्रीय सदस्य एवम् विधान तथा प्रचारप्रसार समितिका संयोजक मेदनी सिटौला, केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, टेकराज पौडेलले एकलौटी रुपमा अधिवेशन गर्न खोजिएको आरोप लगाए । विभिन्न जिल्लामा रहेको विवाद मिलाएर मात्र महाधिवेशन गर्नुपर्ने उनहरुको भनाइ थियो । रासस 
 
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७३  १५:४९
प्रतिक्रिया दिनुहोस्