site stats
बाह्रखरी :: Baahrakhari
देश
यस्तो बन्दैछ कलंकीमा ‘अन्डर पास ब्रिज’
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । काठमाडौंको अति व्यस्त चोक कलंकीमा ‘अन्डर पास ब्रिज’ बन्ने भएको छ । चक्रपथ विस्तारका क्रममा आकाशे पुल भत्काइएपछि सोही ठाउँमा अन्डर पास ब्रिज बनाउन लागिएको हो । चक्रपथ विस्तार गरेर ८ लेनको बनाउने क्रममा चिन सरकारको अनुदानमा अन्डर पास बनाउन लागेको चक्रपथ सुधार आयोजनाका इन्जिनियर रमेशकुमार दृष्टीले जानकारी दिए । 
उनका अनुसार अन्डर पास ब्रिज ८ सय मिटर फराकिलो हुनेछ भने माथि पुल हुनेछ । अन्डर पास ब्रिज बनेपछि थानकोटबाट कालिमाटीतर्फ गुड्ने सवारी साधन अहिलेकै अवस्थामै गुड्नेछन् भने चक्रपथ परिक्रमा गर्ने सवारी पुल मुनिबाट गुड्ने दृष्टीले बताए । कालीमाटीबाट स्वयम्भु र  बल्खु जाने सवारी माथिकै बोटो पयोग गरेर बायाँबाट जानेछन् भने थानकोटबाट बल्खु वा स्वयम्भु जाने सवारी दायाँबाट जानेछन् । 
“थानकोटतिरबाट आउने सवारीलाई अवरोध नपुग्ने गरि अन्डर पास निमार्ण गर्ने योजना अनुसार काम सुरु भएको हो,” दृष्टीले भने, “पहिलो चरणको काम सकिएपछि दोस्रो चरणमा अर्को असारसम्म सुरु गरेर दुई वर्षभित्र निमार्ण कार्य सम्पन्न गर्ने योजना छ ।”  
चक्रपथ विस्तार गर्नका लागि चिन सरकारले ३१२ मिलियन आरएमबि सहयोग गरेको छ । यी परियोजना अन्तरगत अन्य चार वटा पुल पनि निर्माण गर्नुपर्नेछ । जसअन्तरगत बालकुमारीको मनहोरा, बल्खु पुल, बल्खुकै बाग्मति पुल र कलंकीको खसी बजारको पुल निर्माणकार्य भइरहेको छ । 
पैदल यात्रुको उच्च चाप रहेका सात स्थानमा आकाशे पुल निर्माण गर्ने सडक विभागको योजना रहेको चक्रपथ सडक सुधार आयोजनाले जनाएको छ । सातदोबाटो, एकान्तकुना र बालकुमारीमा आकाशे पुल निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढिसकेको आयोजनाले बताएको छ । विभागले प्रति पुल निर्माणका लागि ३ करोड ३५ लाख रकम छुट्याएको छ ।
 
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७३  १६:२४
प्रतिक्रिया दिनुहोस्