site stats
बाह्रखरी :: Baahrakhari
देश
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । स्वास्थ्यमन्त्री गगनकुमार थापाको निर्देशनमा विभागिय मन्त्रालयको डायलसिस निःशुल्क गर्न सोमबार संवन्धित अस्पतालहरुलाई परिपत्र गरेको छ । 
मन्त्रालयको चिकित्सा सेवा महाशाखाले आवश्यकता अनुसारको डायलसिस सेवालाई निःशुल्क गर्न  परिपत्र गरेको हो । यस अघि हप्तामा दुई पटक मात्रै निःशुल्क डायलसिस हुँदै आएको थियो ।
मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार बिरामीले मृगौला प्रत्यारोपण नगर्दासम्म हप्तामा तीन पटकसम्म डायलसिस गर्नु पर्ने हुन्छ । हप्ताको तीन पटक प्रत्येक पटक २५ सय रुपैयाँका दरले डायलसिसका लागि मात्रै हरेक हप्ता कम्तीमा ७५ सय रुपैयाँ लाग्ने गर्छ । 
नेपालमा अंग प्रत्यारोपण केन्द्र र किड्नी सेन्टरसहित ३२ अस्पतालमा निःशुल्क डायलसिसको व्यवस्था छ । यी मध्ये चारवटा अञ्चल अस्पताल रहेका छन् भने बाँकी  अञ्चल अस्पतालहरुमा पनि मन्त्रालयले निःशुल्क डायलसिस सेवा सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाइसकेको छ । प्रत्येक अञ्चल अस्पताललाई २ वटा डायलसिस मेसिन किनेर सेवा सुरु गर्न मन्त्रालयले आवश्यक रकम पठाइ सकेको बताएको छ । ६ महिना भित्रमा सवै अञ्चल अस्पतालमा सेवा सुरु भइसक्ने मन्त्रालयको दाबी छ । 
मन्त्री थापाले डायलसिस गर्न नपाएर कुनै विरामीले ज्यान गुमाउन नपरोस भनेर मृगौलाको निःशुल्क डायलसिस सेवा विस्तार गर्न विषेश प्राथमिकता दिएको बताए ।  
 
 

 

प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७३  १९:०३
प्रतिक्रिया दिनुहोस्