site stats
बाह्रखरी :: Baahrakhari
देश

नुवाकोट । एक विदेशी नागरिकले एक करोडभन्दा बढी व्यक्तिगत सहयोगमा नुवाकोटको सुन्दरादेवीमा सुविधासम्पन्न विद्यालय भवन निर्माण गरिदिएका छन् । सुन्दरादेवी–८ काहुलेमा रहेको पञ्चकन्या निमाविको लागि निर्माण भएको उक्त भवनको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले सोमबार उद्घाटन गरे । अस्ट्रेलियाली नागरिक जोन रोबर्ट ग्लेनको व्यक्तिगत सहयोगमा एक करोड ६ लाखको लागतमा विद्यालयमा सुविधा सम्पन्न र भूकम्प प्रतिरोधी १२ कोठे भवन निर्माण भएको हो ।

विद्यालयको जीर्ण पुरानो भवन भूकम्पले भत्किएपछि टहरामा पढाइ सञ्चालन हुँदै आएको विद्यालयमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएपछि अभिभावकसमेत दङ्ग भएका भवनको स्थानीय निर्माण संयोजक सन्तमान तामाङले जानकारी दिए । भवन उद्घाटनमा बोल्दै काँग्रेस नेता महतले विदेशी मित्रले आफ्नो पसिनाबाट आर्जेको रकम समुदायको हितको लागि लगानी गरेकाले स्थानीयले यसको सदुपयोग र संरक्षण दुवै गर्नुपर्ने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यक्रममा विद्यालय निर्माण गर्न रकम दान गर्ने अस्ट्रेलियाली नागरिक ग्लेनलाई अभिनन्दन गरिएको थियो । ग्लेनले आफूले दिएको रकमबाट राम्रो भवन निर्माण भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।

रासस

प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७३  १०:३९
प्रतिक्रिया दिनुहोस्