site stats
बाह्रखरी :: Baahrakhari
देश
पासाङल्हामु सडक २० मिटर भत्कियो, फर्पिङ–हात्तीगौँडा बाटो असार २५ सम्म बन्द
पासाङल्हामु सडकखण्डको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिका–५, बनुवाघुम्तीमा पासाङल्हामु सडकखण्ड अवरुद्ध भएको छ । अविरल वर्षासँगै बिहीबार राति (असार १२) उक्त स्थानमा करिब २० मिटर सडक भत्कँदा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

बनुवाघुम्तीनजिकैबाट उत्तरगया–५, बोगटीटार जाने वैकल्पिक कच्ची बाटोको प्रयोग गरी हाल मोटरसाइकल र कारहरू मात्र आवतजावत गराइएको प्रहरीले जानकारी गराएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

फर्पिङ–हात्तीगौँडा सडक बन्द
काठमाडौंको फर्पिङ–हात्तीगौँडा सडकखण्ड निर्माणका निम्ति बन्द गरिएको छ । बिहीबारदेखि असार २५ गतेसम्मका निम्ति बाटो बन्द गरिएको हो ।

फर्पिङबाट हात्तीगौँडासम्मको सडक निर्माण कार्य भइरहेको प्रहरीले जनाएको छ । त्यहाँ सवारीसाधनलाई वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  ०९:३६
प्रतिक्रिया दिनुहोस्