site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
काठमाडौंबाट सिन्धुलीगढीसम्म साइकल यात्रा सुरु
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । अंग्रेजी सेनालाई तत्कालीन गोर्खाली सेनाले धुलो चटाएको सम्झनामा ऐतिहासिक सिन्धुलीगढीसम्म मंगलबार साइकल यात्रा सुरु भएको छ । यात्रामा ८० जना व्यावसायिक साइकल यात्री सहभागी भएका छन् । यात्रा बिहान भृकुटीमण्डपस्थित पर्यटन बोर्डबाट सुरु भएको हो ।  उक्त साइकल यात्राको उद्घाटन सभासदहरू हरिबोल गजुरेल, गणेश पहाडी, मोहन बराल र पर्यटन बोर्डका सदस्य घनेन्द्र श्रेष्ठले झण्डा हल्लाएर गरेका थिए । 
समृद्ध सिन्धुली नागरिक अभियानले स्टोरी साइकलसँगको सहकार्यमा काठमाडौंबाट साइकल यात्रा आयोजना गरेको हो । ‘राइड टु सिन्धुली गढी’ नाम दिइएको साइकल यात्रा कात्तिक २३ र २४ गते काठमाडौं–धुलिखेलहुँदै जाने रमणीय वीपी राजमार्गमा हुनेछ । 
 
 
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७३  १४:४५
प्रतिक्रिया दिनुहोस्