site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘बजारमुखी अर्थतन्त्र र उदारीकरण आर्थिक उन्नतिका प्रमुख बाटो होइनन्’
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजारमुखी अर्थतन्त्र, उदारीकरण तथा खुल्ला समाज आर्थिक उन्नतिका लागि प्रमुख बाटो होइन भन्ने तथ्य पुटि भएको बताएका छन् । 
नेपाल उद्योग व्यवसायी महासङ्घको चौथो वार्षिकोत्सवको उद्घाटन गर्दै देशलाई आर्थिक, सांस्कृतिक, वैचारिक दृष्टिले अगाडि बढाउने सोच नेकपा एमाले बाहेक अरुसँग छैन भने । 
नेपालमा पुष्पक विमान उडाउने मानिस विद्वान् हुने र सडकमा गाडी चलाउने मानिस ड्राइभर हुने समाजको मनोगत विचारका कारण देशको आर्थिक विकास नभएको उनको भनाइ थियो । 
नेपालको औद्योगिक क्षेत्रमा रहेको समस्या राष्ट्रिय समस्याका रुपमा रहेको चर्चा गर्दै पूर्वप्रधानमन्त्री ओलीले उद्योगी व्यवसायीले प्रगतिशील आर्थिक नीति अवलम्बन नगरेसम्म आर्थिक विकास असम्भव रहेको बताए । 
नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर युवराज खतिवडाले नेपालमा २० लाख परिवार लघुवित्त पेसामा संलग्न रहेको उल्लेख गर्दै विदेशी बजारमा नेपालबाट बर्सेनी चार लाख श्रमिक बाहिरिने गरेको बताए । 
महासङ्घका अध्यक्ष लक्ष्मीदास मानन्धरको सभापतित्वमा भएको सो कार्यक्रमका अन्य वक्ताहरुले नेपालमा औद्योगिक क्षेत्र राम्रोसँग सञ्चालन गर्न वार्षिक एक हजार ८०० मेगावाट विद्युत्को आवश्यकता रहेको तथा विशेष गरी फलाम, आल्मोनियम, सिमेन्टजस्ता उद्योगका लागि बिजुलीको आवश्यकता उच्च रहेको बताए । 
देशमा औद्योगिक विकास भए मात्र आन्तरिक तथा बाह्य बजारमा पनि नेपालको प्रवेश सुनिश्चित हुने भएकाले निश्चित समयसम्म राज्यले औद्योगिक उत्पादन वृद्धिका लागि लगानी गर्नुपर्छ र पूर्वाधारको विकासमा उच्च प्राथमिकता दिनुपर्नेमा उनीहरुको जोड थियो । रासस 
 
प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७३  १७:००
प्रतिक्रिया दिनुहोस्